विश्वकपमा आज पनि ४ खेल: जर्मनी र जापानबीचको खेल रोचक हुने अनुमान

कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज बुधबार ४ खेल हुदै छन् । आज पहिलो खेलमा मोरोक्को र क्रोएसिया भिड्ने छन् । यो खेल नेपाली समय अनुसार ३:४५ बजे हुने छ ।

त्यस्तै दोस्रो खेलमा जर्मनी र जापान भिड्ने छन् । यो खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुने छ । तेस्रो खेलमा स्पेन र कोस्टारिका बीच प्रतिस्पर्धा हुने छ । यो खेल ९:४५ बजे सुरु हुने छ । आजको चौथो तथा अन्तिम खेलमा बेल्जियम र क्यानाडा भिड्ने छन् । यो खेल राति १२:४५ बजे सुरु हुने छ ।

हिजो भएका खेलमा फ्रान्स र साउदी अरेबिया विजयी भएका छन् । फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले तथा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । मेक्सिको र पोल्याण्ड गोल रहित बराबरी खेलेका छन् भने डेनमार्क र ट्युनिसियाको खेल पनि गोल रहित बराबरी मै सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *