विश्वकपमा आज पनि ४ खेल: ब्राजिलको खेल मध्यरातमा, तेस्रो खेल पोर्चुगलको

कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज बिहिबार ४ खेल हुदै छन् । आज पहिलो खेलमा स्विजरल्यान्ड र क्यामरुन भिड्ने छन् । यो खेल नेपाली समय अनुसार ३:४५ बजे हुने छ ।

त्यस्तै दोस्रो खेलमा उरुग्वे र साथ् कोरिया भिड्ने छन् । यो खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुने छ । तेस्रो खेलमा पोर्चुगल र घाना बीच प्रतिस्पर्धा हुने छ । यो खेल ९:४५ बजे सुरु हुने छ । आजको चौथो तथा अन्तिम खेलमा ब्राजिल र सर्बिया भिड्ने छन् । यो खेल राति १२:४५ बजे सुरु हुने छ ।

हिजो भएका खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ भने स्पेनले कोस्टारिकालाई ७-० गोल अन्तरले हराएको छ । त्यस्तै बेल्जियमले क्यानडालाई १-० ले हराउँदा मोरोक्को र क्रोएसियाले भने गोल रहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *