विश्वकपमा आज ४ खेल हुँदै, पहिलो खेल अर्जेन्टिनाको

कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मंगलबार ४ खेल हुदै छन् । आज पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्ने छन् । यो खेल नेपाली समय अनुसार ३:४५ बजे हुने छ ।

त्यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसिया भिड्ने छन् । यो खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुने छ । तेस्रो खेलमा मेक्सिको र पोल्याण्ड बीच प्रतिस्पर्धा हुने छ । यो खेल ९:४५ बजे सुरु हुने छ ।
आजको चौथो तथा अन्तिम खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्ने छन् । यो खेल राति १२:४५ बजे सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *