४ वर्ष अघि समुह चरण मै क्रोएसियासँग ३-० ले हारेको थियो अर्जेन्टिना, आज के होला ?

सन् २०१८ मा भएको विश्वकपमा क्रोएसियाले अर्जेन्टिनालाई समुह चरण मै ३-० गोल अन्तरले हराएको थियो । त्यसपछि यी २ टोली आज पहिलो पटक आमनेसामने हुँदै छन् । त्यो पनि २०२२ को विश्वकपको सेमिफाइनलमा ।

आज रातको १२:४५ बजे हुने खेलमा फाइनल प्रवेशका लागि यी दुई टोली भिड्न लागेका हुन् । नकआउट चरणमा यी २ टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् ।

हालसम्म यी २ टोलीले ५ खेल मात्र खेलका छन् । १९९४ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो । १९९८ को विश्वकपकपको समुह चरणमा अर्जेन्टिनाले क्रोएसियालाई १-० ले हराएको थियो । त्यसपछि २००६ मा भएको मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-२ ले पराजित गरेको थियो । २०१४ मा भएको अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले क्रोएसियालाई २-१ ले पराजित गरेको थियो । सन् २०१८ को विश्वकपमा समुह चरण मै क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । क्रोएसिया सन् २०१८ को विश्वकपको उपविजेता हो भने अर्जेन्टिना राउण्ड अफ १६ मा फ्रान्स सँग पराजित हुँदै बाहिरिएको थियो ।

आजको खेल दुई आइकोनिक बालोन डि ओर नम्बर १० का खेलाडीको भिडन्त हो । त्यस्तै सम्भवत अन्तिम पटक विश्वकप खेल्दै गरेका दुई कप्तानलाई फुटबल क्षेत्रकै चर्चित उपाधि जित्ने अन्तिम अवसर हो । अर्जेन्टिनाका लियोनल मेसी र क्रोएसियाका लुका मोड्रिक मंगलबार राति हुने पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । पेरिस सेन्ट जर्मेन पिएसजीका ३५ वर्षीय मेसी र रियल मड्रिडका ३५ वर्षीय करियरको अन्तिममा फाइलन खेल्ने या तेस्रो स्थानको लागि भिड्ने पक्का छ । मेसी र मोड्रिकलाई विश्वकपको उपाधि जित्ने यो अन्तिम अवसर हो ।

दुबै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। अर्जेन्टिनाले नेदरल्यान्ड्स तथा क्रोएसियाले सर्वाधिक सफल ब्राजिललाई हराएको थियो ।

अर्जेन्टिना समुह सी को बिजेता बन्दै नकआउट प्रवेश गरेको हो । क्रोएसिया भने समुह एफको उपविजेता बन्दै नकआउट प्रवेश गरेको हो । राउण्ड अफ १६ मा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले हराएको थियो भने क्रोएसियाले जापानलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।

अर्जेन्टिनाले हालसम्म २ पटक विश्वकप जितेको छ भने क्रोएसियाले अहिलेसम्म उपाधि जितेको छैन । अर्जेन्टिनाले सन् १९७८ र १९८६ को बिजेता हो । त्यस्तै अर्जेन्टिना २०१४, १९९०, र १९३० को उपविजेता हो । क्रोएसियाले भने सन् २०१८ मा पहिलो पटक फाइनल खेलेर फ्रान्ससँग पराजित भएको थियो ।

यस खेलको विजेताले उपाधिको लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *