विश्वकप हेरिरहँदा म आफैंले सुसाइड गोल हानेको याद आउँछ – मेगेन्द्रप्रकाश गिरी

सूर्या लाइफ इन्स्योरेन्सका ब्राण्ड प्रमुख मेगेन्द्रप्रकाश गिरी अर्जेन्टिनाका फ्यान हुन् । ‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भका लागि बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै गिरीले अहिलेको विश्वकप अर्जेन्टिनाले नै जित्नुपर्ने धारणा राखेका छन् ।

भौगोलिक रूपमा सानो मध्यपूर्वको देश कतारमा आयोजना भएको विश्वकप फूटबलबारे सर्वत्र चासो छ । बिजपाटीले त्यही चासोलाई सम्बोधन गर्ने प्रयोजनका निम्ति बिजपाटीसँग विश्वकपका कुरा स्तम्भ शुरू गरेको हो । यस स्तम्भमा निजी क्षेत्र, राजनीतिक व्यक्तित्व र सामाजिक जीवनमा प्रभाव पार्ने अन्य व्यक्तित्वहरूको भनाइ राख्ने गर्छ ।

गिरीले आफूलाई मेस्सी, रोनाल्डो, कोडि गाक्पो जस्ता खेलाडीहरू मन पर्ने बताएका छन् । ‘कोडि गाक्पो वर्ल्डकपले जन्माएको हिरो हो,’ उनले भने ।

उनले खेल ९:४५ मा शुरू हुने खेल हेर्ने गरेको तर राति १२ बजे शुरू हुने खेल भने अहिलेसम्म नहेरेको बताए । ‘१२ बजे उठेर हेर्ने गरेको छैन,’ उनले भने, ‘अब रोचक हुँदै जाँदा हेर्नेछु ।’

आफूले फूटबल खेल्दा गरेको आत्मघाती गोल सधैं स्मरणमा आइरहने उनको भनाइ छ । ‘हामी आफ्नै घरबाट ८ जनाको टीम र अरु ४ जना भएर नवदुर्गा क्लबाट कैलालीमा खेल खेलेको सम्झना आउँछ,’ उनले भने, ‘त्यो बेला मैले आफैले सुसाइड गोल गरको थिएँ ।’ उनले आफूले घरमै बसेर विश्वकप हेरिरहेको बताए ।

उनले विश्वकप हेर्न पैसा तिर्नुपर्ने कुरा आफूलाई सही नलागेको बताए । ‘भोलि अर्कै इभेन्ट आउला, त्यसका लागि पनि पैसा मागिएला,’ उनले भने, ‘जुन च्यानलमा आउने हो, त्यसको लागि हामीले पैसा नै तिरेका छौं । यो कार्यक्रमका लागि छुट्टै पैसा देऊ भन्नु ठीक होइन ।’ ‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *