विश्वकप फुटबल आजबाट, यस्ता देखिनेछन् विगतका भन्दा केही फरक दृश्य

कतारमा आजबाट विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आजबाट सुरु हुँदैछ । आज साँझ ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।

उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

फाइनल खेल ३ पुसमा हुनेछ ।

अहिलेसम्म भएका विश्वकप फुटबलका २१ संस्करणमा ८ राष्ट्रले उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटाली र जर्मनी ९पश्चिम जर्मनीसहित० समान ४ पटक तथा उरुग्वे, अर्जेन्टिना र फ्रान्सले समान २ पटक विश्वकप जितिसकेका छन् । इंग्ल्याण्ड र स्पेनले समान १ पटक विश्वकप जितेका छन् ।

अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् भने ५ राष्ट्र फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएका छन् । चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएसियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्न सकेका छैनन् ।

आयोजकको हैसियतले सोझै विश्वकप खेल्न लागेको कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला बनाएको छ ।

विश्वकपको इतिहासमा पहिलोपटक जाडोको मौसममा खेल आयोजना हुँदैछ । कतारमा अत्याधिक गर्मी हुने भएकाले यसपटक जाडो याममा विश्वकप हुन लागेको हो । सबै रंगशालामा अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ ।

विश्वकपका खेल खेलाइने ८ वटै रंगशाला दोहाबाट २१ माइल ९३३।७९ किलोमिटर० दूरीमा अवस्थित छन् ।

विश्वकपमा यसपटक सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिल, डिफेन्डिङ च्याम्पियन फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, जर्मनी, पोर्चुगल र स्पेनलाई मुख्य दावेदारको रुपमा हेरिएको छ ।

लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, नेयमार, लुइस सुआरेज, लुका मोड्रिच, करिम बेन्जेमा, ग्यारेथ बेल, म्यानुएल नोएर र सर्जियो बुस्केट्सका लागि विश्वकप अन्तिम पनि हो ।

विश्वकपमा पहिलोपटक महिला रेफ्री

महिला रेफ्रीले पहिलोपटक विश्वकपका खेल खेलाउने भएका छन् । यस अर्थमा महिला रेफ्रीले विश्वकपको नयाँ इतिहास बनाउनेछन् । फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता यसपालीको विश्वकपमा रेफ्री छन् ।

फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची जारी गरेको छ । त्यसमा ३ महिला छन् । साथै ३ महिला सहायक रेफ्री पनि छन् । ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट सहायक महिला रेफ्री हुन् ।

विलियम्स दाजुभाई फरक देशबाट विश्वकप खेल्दै

यसपाली आफ्नै दाजुभाइ फरक फरक देशबाट विश्वकप खेल्दै गरेको रोचक दृश्य पनि देखिने छ । विलियम्स दाजुभाइ कतार विश्वकपमा दुई फरक देशको प्रतिनिधित्व गर्दैछन् ।

दाजु इनाकी विलियम्स घानाको प्रतिनिधित्व गर्दैछन् भने उनको भाइ निको विलियम्स स्पेनबाट खेल्दैछन् । २८ वर्षीय इनाकी र २० वर्षीय निको दुवै स्पानिस ला लिगा क्लब एथ्लेटिको विल्वाओबाट व्यवसायिक फुटबल खेल्छन् ।

यसअघि सन् २०१० र २०१४ मा बोएटिङ दाजुभाइले पनि फरक देशबाट विश्वकप खेलेका थिए ।

पेले र म्याराडोना हुने छैनन्

विश्व फुटबलका हस्ती ब्राजिलीयन पेल र अर्जेन्टिनी डिएगो म्याराडोना सन् २०१७ मा रसिया विश्वकप २०१८ को ड्र निकाल्दा सँगै देखिएका थिए । डिएगो म्याराडोनाले मुस्कान दिइरहेका पेलेलाई चुम्बन गरे । पेलेले उक्त क्षणलाई ‘सेल्फी’ लिएर क्यामरामा कैद गरे ।

तर, कतारमा यी दुवै ठूला स्टार देखिने छैनन् । म्याराडोनाको सन् २०२० मा निधन भइसकेको छ । स्वास्थ्य समस्याका कारण पेले पनि कतार जाने छैनन् ।

रंगशाला क्षेत्रमा मदिरा प्रतिबन्ध

विश्वकप फुटबल खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइको छ । फिफाले आयोजक राष्ट्रका अधिकारीहरू र फिफाबीच छलफलपछि यस्तो निर्णय गरेको हो ।

विश्वकप रंगशाला क्षेत्रबाट मदिरा बिक्री स्टोरहरु पनि हटाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *