विश्वकपका लागि स्पेनको टिमको घोषणा, रामोस नै परेनन्

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल–२०२२ का लागि स्पेनले आफ्नो टिम घोषणा गरेको छ ।

स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले स्पेनिस टिमको घोषणा गरेका हुन् । सन् २०१० को विश्वकप विजेतासमेत रहेको स्पेनको टिममा भेट्रान डिफेण्डर तथा पूर्व कप्तान सर्जियो रामोस समावेश भएनन् । 

स्पेनिस टिम बार्सिलोनाका मिडफिल्डर पेड्री र गाभी, एट्लेटिको मड्रिडका कोके, म्यानचेस्टर सिटीका रोड्रीलाई प्रशिक्षक लुइस एनरिकेले समेटेका छन् । 

२६ सदस्यीय टिमको कप्तानी सर्जियो बुस्केटले गर्नेछन् ।

स्पेनिस टिमः

गोलकिपरः उनाई सिमोन, रोवर्ट सान्चेस र डेभिड राय

डिफेण्डरः ड्यानी कार्भाजल, सेसार आज्पिलिकुएटा, एरिक गार्सिया, पाउ टोरेस, ह्युगो गुइलामोन, एमेरिक लापोर्टे, जोर्डी अल्बा र जोसे गाया

मिडफिल्डरः सर्जियो बुस्केट, रोड्री, गाभी, कार्लोस सोलर, मार्कस लोरेन्टे, पेड्री र कोके

फरवार्डः येमेरी पिनो, फरान टोरेस, निको विलियम्स, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो साराविया, ड्यानी ओल्मो र अंशु फाती

Leave a Reply

Your email address will not be published. Required fields are marked *