मेरो समर्थन इंग्ल्यान्डलाई हो, फाइनलसम्म पुग्छ भन्ने अपेक्षा छ: उपेन्द्र पौडेल

कतारमा विश्वकप फुटबल चलिरहेको छ। विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यस बारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालसँगको कुरा ।


बैकिङ्ग क्षेत्रमा जमेका उपेन्द्र पौडेल पनि अहिले परिवारको साथ विश्वकप हेरिरहेका छन्। नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष पौडेल यो पटक पनि २० नोबेम्बरदेखि कतार र इक्वेडरको पहिलो म्याच देखि नै चासोका साथ खेल हेर्ने गरेका छन्। यो पटक आफ्नै व्यक्तिगत कारणले बाहिर नजाने उनको योजना छ।

आज (२४ नोभेम्बर) उनलाई मन पर्ने खेलाडी ‘क्रिष्टियानो रोनाल्डो’ को टिम खेल्दै छ। ‘रोनाल्डो मन पर्ने भनेर त्यस्तो क्रेज नै त होईन, तर पहिलै देखि धेरैले रोनाल्डो÷रोनाल्डो भन्दा उसैलाई बढी ध्यान दिन थाले। अहिले ह्याविच्युअल मन पर्छ।’ उनले भने, ‘आज ९ः४५ को खेल पनि उत्साहका साथ कुरीरहेको छु।’

यद्यपी उनलाई समग्रमा भने इंग्ल्यान्डको टिम मन पर्छ । समर्थन पनि यसैको गर्छन्। फाइनलसम्म पुग्छ भन्ने दरो अपेक्षा पनि छ उनलाई। यो टिमले पहिलो दिन इरानलाई ६-२ गोल अन्तरले पराजित गरिसकेको छ ।

यस्तै यो पटक नेपालमा पहिलोपटक अतिरिक्त शुल्क तिरेर विश्वकप देर्खाइएको छ। यसलाई अध्यक्ष पौडेल सामान्य नै लिन्छन्। ‘आधिकारिक क्रेतालाई पनि खर्च लाग्ने हो, त्यसैले केही रकम तिर्नुलाई स्वभाविक लिएको छ।’ उनले थपे, ‘व्यावसायीक हुनु राम्रो पनि हो।’

फुटबलसँग सम्बिन्धत उनीसँग बालपन देखि नै रोचक घटनाहरु पनि छन्। अहिले खेल हेर्दा त्यो बालापन अझै पनि आँखा अगाडी आउने बताउँछन्। यद्यपी फुटबल‘भकुण्डो’ पनि खासै नपाईने त्यत्ति धेरै नखेले पनि अलिअलि भने खेलेका दिनहरु उनी सम्झिन्छन्। ‘एकपटक साथिहरुसँग फुटबल खेल्दै थियौँ। बल्ल बल्ल आफ्नो नजिक बल आएको बेलामा हाने, खुट्टा एकदमै दुख्यो।’ उनले थपे, ‘खुट्टा दुखेपछि म निस्किय, त्यतिबेला थाहा भएन। खासमा त्यो बल बास्केटबल खेल्ने बल पो रहेछ। पछि थाहा पाए।’ त्यो दुखाईले गर्दा धेरै समय उनी फुटबल नै नखेलेको बताउँछन्।

त्यस्तै फुटबल भन्दासाथ उनी २०४४ मा दशरथ रंगशालामा भएको भागदौडको अत्यासलाग्दो क्षण पनि स्मरण गर्छन्। त्यत्तिबेला उनी केही काम विशेषले बाहय मुलुक गएका थिए। ‘बाहिर गएको थिए, टिभि तथा साथिभाई सञ्जाल मार्फत फुटबल खेल हुदै गर्दा भागदौड भएर धेरैको ज्यान गयो भन्ने सुने।’ उनले भने, ‘लौ! आफ्नो घरका सदस्यहरु पनि गएका थिए, कोही परे की भनेर तर्सिएको थिए। त्यतिबेला प्रयाप्त फोन तथा नेटवर्क हुँदैन थियो । जसोतसो सम्पर्कमा आएपछि मन शान्ति भएको थियो।’

करिब १ घण्टाको अत्यासपछि उनी परिवारसँग सम्पर्कमा आउन सकेको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *