एसियाको टिमले विश्वकप जितोस् भन्ने चाहना यस पटक पनि छ: सीईओ पोखरेल

कतारमा विश्वकप फुटबल चलिरहेको छ। विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यस बारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ विकास बैंकहरुको सीइओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष तथा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलसँगको कुरा।

बैङ्किङ्ग क्षेत्रमा झन्डै तीन दशक विताएका युवा बैंकरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका पोखरेलसँग विश्वकपलाई लिएर पनि आफ्नै अलग्गै विचार रहेको छ। विश्वकपमा विश्वका कयौं देशहरु छनौट हुँदा नेपाल पनि छनौट भईदियोस् भन्ने उनको चाहना छ।

त्यहिभएर प्रत्येक विश्वकपमा आफ्नोपन महशुस गरेर एसियाकै टिमलाई समर्थन गर्ने उनको भनाई छ। उनी भन्छन्, “विश्वकपमा नेपाल नै भईदियोस् भन्ने हो, तर त्यो भएको छैन, त्यहि भएर पनि मेरो समर्थन एसियाकै टिम हुन्छ र यस पटक मैले दक्षिण कोरियालाइ समर्थन गरेको छु।”

यो विश्वकप पनि एसियन टिमलै नै जित्नुपर्ने उनको भनाई छ। एसियन टिमले जितोस् भन्नुमा पनि नेपालनै कारण रहेको उनी बताउँछन्। विश्वकपमा खेल्ने देशको संख्या बढाउने निर्णय गरिसकेको छ । विश्वकप एसियन टिमले जित्दा एसियन मुलुकमा उत्साह थपिने र नेपालको विश्वकप खेल्ने सम्भावना बढ्ने भएकाले एसियन मुलुकनै विश्वकप विजेता बनोस् भन्ने चाहना रहेको उनको भनाई छ।

आफुलाई मन पन पर्ने खेलाडी मोहम्मद सलाह भएपनि यस पटक विश्वकपमा इजिप्ट छनौट नभएकाले उनलाई देख्न नपाउँदा त्यत्ती मजा नलागेको उनी बताउँछन्।

खेलकुद धेरै अर्थले आफैंमा महत्त्वपूर्ण हुँदाहुँदै पनि विश्वकप फुटबलको अर्थ र महत्त्व धेरै भएकाले सकेसम्म सबैको पहुँचमा फुटबल भईदिए हुन्थ्यो भन्ने उनको चाहना छ।

यस पटक विश्वकपका अधिकांश खेलहरु घरमै बसेर हेर्ने योजना रहेको उनी बताउँछन्। उनी भन्छन्, “अफिसबाट घर पुगेर घरमै फुटबल हेर्ने गरेको छु, विहान सबेरै उठेर ध्यान गर्नुपर्ने भएकाले राति अबेर खेलिने खेलहरु राति जागेर हेर्ने गरेको छैन।”

फुटबल भन्नेबित्तिकै अहिलेपनि पैसाको अभावले नरिवललाई कपडाले बेरेर बल खेलको त्यो बाल्यकाल याद आउने उनी स्मरण गर्छन्।उनी भन्छन् , “सानोमा धेरै फुटबल खेलिन्थ्यो, धेरै कुराहरु अहिलेको जस्तो सहज थिएन, पैसा नभएकै कारण नरिवललाई कपडाले बेरेर भकुण्डो बनाएर खेलेको अहिलेपनि हिजोजस्तै लाग्छ। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *