एसियन टिमलाई समर्थन गर्छु, युरोपियन टिम मेरो अन्तिम रोजाइ हो : सीईओ तुलाधार

कतारमा विश्वकप फुटबल चलिरहेको छ। विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यस बारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ फाइनान्स कम्पनीहरुको सीइओहरुको छाता संगठन नेपाल वित्त संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधारसँगको कुरा।

बैङ्किङ्ग क्षेत्रमा चार दशक बढी विताएका सफल बैंकरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका तुलाधार अरु क्षेत्रका व्यक्तिहरुलाई झैं आफुलाई पनि विश्वकप फुटबलले आकर्षण गर्ने बताउँछन्। सकेसम्म समय व्यवस्थापन गरेर भएपनि फुटबल हेर्ने बताएका तुलाधारले भने यस पटकको विश्वकपमा बेलुका ६.४५ र ९.४५ मा सुरु हुने प्रतियोगिता मात्र हेर्न पाएको बताए।

फुटबलमा सँधै एसियन टिमलाई आफुले समर्थन गर्ने बताएका तुलाधारले यस पटक कतारमा जारी विश्वकपमा पनि एसियन टिमलाई नै आफुले समर्थन गर्ने बताउँछन्। एकै क्षेत्र भएकाले पनि एसियन टिम बढी मनपर्ने उनी बताउछन्।

उनी भन्छन्, “मेरो पहिलो समर्थन सँधै एसियन टिमलाइ हो, दोस्रोमा अफ्रिकन टिम, धेरैको पहिलो रोजाई युरोपियन टिम भएपनि मेरो लागि अन्तिम रोजाई हो।”

आफ्नो समर्थन एसियन टिमलाई भएपनि यो विश्वकपमा आफ्नो मनपर्ने टिम इंग्ल्याण्ड र खेलाडीमा फ्रान्सका एम्पाम्बे भएको उनको भनाई छ।

फुटबल भन्नेबित्तिकै म्यारोडोनाले हातले गोल हानेर विश्वकप जितेको कुरा दिमागमा आउने उनी बताउछन्।

यस पटकको विश्वकप फुटबल पैसा तिरेर हेर्नुपरेकोमा कुनै गुनासो नभएपनि पैसा तिरेर पनि क्वालिटी च्यानल हेर्न नपाएको उनको गुनासो रहेको छ। उनी भन्छन्, “सित्तैमा पाएको चिजको भ्यालु हुदैन भनेझैं पैसा तिरेर फुटबल हेर्ने बानि ल्गाउनु राम्रै हो तर पैसा तिर्दा पनि क्वालिटीको च्यानल हेर्न नपाउँदा दुख लागेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *