विश्वकप जितेको अर्जेन्टिनाले पायो ५ अर्ब ५७ करोड पुरस्कार, अन्य ३१ टिमले कति पाए ? (सूचीसहित)

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।

अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

फिफालेयस पटकको विश्वकपको लागि कुल ४४० मिलियन डलर पुरस्कार राशी राखेको थियो । जुन सबै टिमले पाउने छन् । एक खेल पनि नजितेपनि सहभागी भएका टिमले पुरस्कार पाउने छन् ।

उपाधि जितेको अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर नगद पुरस्कार जितेको छ । चार वर्षअघि रूसमा भएको विश्वकपमा विजेता फ्रान्सले ३८ मिलियन डलर पुरस्कार पाएकोमा यस पटक पुरस्कार रकम ४ मिलियन डलरले बढाईएको थियो ।

त्यस्तै उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर पाएको छ भने तेस्रो भएको क्रोएसियाले २७ मिलियन डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन डलर पाएको छ।

क्वार्टरफाइनलबाट बाहिरिएका पोर्चुगल, ब्राजिल , नेदरल्याण्ड र इङ्ल्याण्डले समान १७ मिलियन अमेरिकी डलर पाएका छन् । अन्तिम १६ मा पुगेका स्विजरल्याण्ड, स्पेन , पोल्याण्ड, सेनेगल, दक्षिण कोरिया, जापान , अष्ट्रेलिया र अमेरिकाले समान १३ मिलियन डलर पाएका छन् । समुह चरणबाट नै बाहिरिएका १६ टिमले ९ मिलियन डलर पाएका छन् ।

हेर्नुस् विश्वकपमा सहभागी भएका ३२ टिमले पाएको पुरस्कार रकम र त्यसको अनुमानित नेपाली रुपैयाँ ।

बिजेता अर्जेन्टिना- ४२ मिलियन अमेरिकी डलर (५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय)
उप बिजेता फ्रान्स- ३० मिलियन अमेरिकी डलर (३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार)
सेमिफाइनलबाट बाहिरिने टिम
तेस्रो भएको क्रोएशिया- २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय)
चौथो भएको मोरोक्को- २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार)

क्वार्टरफाइनलबाट बाहिरिने टिम
पोर्चुगल- १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
इङ्ल्याण्ड- १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
ब्राजिल – १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
नेदरल्याण्ड – १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)

अन्तिम १६ मा पुग्ने टिम
स्वीटजरल्याण्ड- १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
स्पेन – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
पोल्याण्ड – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
सेनेगल – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
दक्षिण कोरिया – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
जापान – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अष्ट्रेलिया – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अमेरिका – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
समूह चरणबाट बाहिरिने टिम

घाना -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
उरूग्वे -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
सर्विया -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
क्यामरून – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
क्यानडा -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
बेल्जियम -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
कोष्टारिका – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
जर्मनी – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
डेनमार्क – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
ट्यूनिसिया – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
साउदी अरेबिया – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
मेक्सिको – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
वेल्स- ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
इरान- ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
इक्वेडर – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
कतार – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)

Leave a Reply

Your email address will not be published. Required fields are marked *