विश्वकप अगाडी च्याम्पियन फ्रान्सलाई धक्का, २ जना स्टार मिडमिल्डर नै खेल्न नसक्ने अवस्थामा

फुटबल विश्वकप सुरु हुनु २० दिन अगाडी डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई ठूलो धक्का लागेको छ । फ्रान्सका २ जना मिडफिल्डरले चोटका कारण विश्वकप गुमाउने भएपछि फ्रान्सलाई ठूलो धक्का लागेको हो ।

फ्रान्सका मिडफिल्डर पल पोग्बा र एन्जोलो कान्तेले चोटका कारण विश्वकप खेल्न नसक्ने पक्का भएको हो । पोग्बाको घुडामा चोट लागेपछि गत सेप्टेम्बरमा उनको शल्यक्रिया गरिएको थियो । तर त्यसपछि उनी समयमा निको नभएका हुन् । उनी गत जुलाईमा म्यानचेस्टरबाट युभेन्टेसमा आएका थिए । तर युभेन्टेसमा आएपछि उनले हालसम्म पनि युभेन्टेसको लागि खेल्न सकेका छैनन् । निको नभएपछि उनी कतारमा हुने विश्वकपको लागि फ्रान्सको टिममा पनि पर्ने छैनन् ।  सन् २०१८ मा भएको विश्वकपको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गरेर उपाधि जित्दा पोग्बाले १ गोल गरेका थिए । 

त्यस्तै फ्रान्सका अर्का मिडफिल्डर  एन्जोलो कान्तेले पनि विश्वकप गुमाउने भएका छन् ।  उनी तिघ्राको चोटका कारण विश्वकप खेल्न नसक्ने अवस्थामा पुगेका हुन् । उनी आवद्द क्लब चेल्सीले उनको ‘ह्यामस्ट्रिङ सर्जरी’ गरिएको र उनलाई निको हुन समय लाग्ने जनाएको छ ।  यस सिजनमा उनले चेल्सीको लागि २ खेलमा मात्र समावेश हुदै १७५ मिनेट मात्र खेलेका छन् । 

विश्वकपमा फ्रान्स समुह डि मा रहेको छ । समुह डि मा फ्रान्ससँगै अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका रहेका छन् । विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुदै छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *