विश्वकपमा आज पनि ४ खेल हुँदै: कतार, सेनेगल र इरानलाई जित्नै पर्ने दबाब

कतारमा जारी फिफा विश्वकपमा आजबाट समुह चरणको दोस्रो राउण्डका खेलहरु हुँदै छन् । सबै टिमहरुले पहिलो खेल खेलिसकेकोले आजबाट समुह चरणको दोस्रो राउण्डका खेलहरु हुन लागेका हुन् ।

जस अनुसार आज पनि ४ खेल हुने छन् । आज पहिलो खेलमा ३:४५ बजे वेल्स र इरान भिड्ने छन् भने दोस्रो खेलमा ६:४५ मा कतार र सेनेगल भिड्ने छन् । त्यस्तै तेस्रो खेलमा ९:४५ बजे नेदरल्याण्ड र इक्वेडर भिड्ने छन् भने राति १२:४५ बजे हुने आजको अन्तिम खेलमा इंग्ल्यान्ड र अमेरिका भिड्ने छन् ।

पहिलो खेल हारेका कतार, सेनेगल र इरानलाई नक आउट चरणको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

समुह चरणको पहिलो खेलमा सहभागी ३२ मध्ये ११ टिमले जित निकाल्दै ३ अंक जोड्न सफल भएका छन् । त्यस्तै १० टिमले बराबरी खेल्दै १ अंक जोड्न सफल भएका छन् । बाँकि ११ टिम अंक बिहिन छन् ।

३ अंक जोड्ने ११ टिमहरुमा ईक्वेडर, नेदरल्याण्ड , इंग्ल्यान्ड, साउदी अरेबिया, फ्रान्स, स्पेन, जापान, बेल्जियम , ब्राजिल, स्विजरल्याण्ड, र पोर्चुगल रहेका छन् । १ अंक जोड्ने टिममा अमेरिका, वेल्स, मेक्सिको, पोल्याण्ड, डेनमार्क, ट्युनिसिया, मोरोक्को, क्रोएसिया, युरुग्वे र कोरिया रिपब्लिक रहेका छन् । बाँकि टिम भने अंक बिहिन छन् ।

पहिलो राउण्डको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो भने जापानले गेर्मानीलाई २-१ गोलले हराएको थियो । २ एसियाली देशले उपाधि दाबेदार मानिएका टिमलाई पहिलो खेल मै हराएर विश्वकपलाई रोचक बनाएका छन् ।

पुरा अंक तालिका हेर्न यहाँ क्लिक गर्नु होला


Leave a Reply

Your email address will not be published. Required fields are marked *