मेस्सीको अन्तिम विश्वकप भएकाले पनि अर्जेन्टिनाले नै जितोस् भन्ने छ: अर्जुनभद्र खनाल

मध्यपूर्वमा रहेको कतारमा विश्वकप फूटबल चलिरहेको छ । विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यसबारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ ।

बिजपाटीसँग विश्वकपका कुरामा हामीले आज सिद्धार्थ बैंक लिमिटेड नायब महाप्रबन्धक अर्जुनभद्र खनालसँग कुराकानी गरेका छौं ।

उनकै शब्दमा :

मेरो मनपर्ने टिम अर्जेन्टिना हो । म्यारोडोनाको पालाबाट विश्वकप फूटबल हेर्न थालेको भएर पनि यसलाई सपोर्ट गरियो ।
सन् १९९० बाट राम्रोसँग हेर्न थालेको हुँ । सन् १९७८ र १९८६ मा गरि अर्जेन्टिनाले २ वटा विश्वकप जित्यो । २ वटा तारा छ, अर्को जितेर ३ तारा बनाओस भनेर उसैलाई सपोर्ट गरिरहेको छु ।


यसपाली मेस्सीको अन्तिम विश्वकप भएकाले पनि अर्जेन्टिनाले नै जितोस भन्ने छ । यसपाली समूह चरणको पहिलो खेल हेर्दा त त्यस्तो थिएन । हिजोको खेल हेर्दा जित्छ कि जस्तो लाग्न थालेको छ । मेरो मनपर्ने खेलाडी मेस्सी हो यस बाहेक अरू पनि खेलाडी मनपर्छ । अर्जेन्टिनाका पनि नयाँ खेलाडी देखिएका छन् ।

यसपाली राति १२:४५ मा खेल हुने भएकाले सबै खेल हेर्न त पाएको छैन । तरपनि सम्भव भएजति हेर्ने गरेको छु । फूटबलसँग सम्बन्धित ठ्याक्कै त्यस्तो घटना केही छैन ।

म आफ्नै घरमा साथीभाई, र परिवारसँग बसेर खेल हेरिरहेको हुन्छु । आफूले सपोर्ट गरेको टीमको खेल चाहिँ राति हुँदा पनि पहिल्लै सुतेर अलार्म लगाएर उठेर हेर्ने गरेको छु ।


पैसा तिरेर हेर्ने कुराले दर्शकलाई अलिकति समस्या भएको भएपनि नेपालमा प्रसारण गराउनेहरूको पनि बिजनेश होला । पैसा तिरेपछि क्वालिटी हुनुपर्ने, त्यो नभएको हो कि जस्तो लाग्छ । अड्किने, ब्लर आउने समस्या देखिएको छ, त्यसको समाधान हुनुपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *