डिशहोमका ग्राहकले विश्वकप फुटबल टुके क्वालिटीमा लाइभ हेर्न पाउने

आइतबार (भोली)बाट सुरु हुने विश्वकप फुटबलको डिशहोमले टुके रेजोलुसन (२०४८ह१०८० पिक्सेल) मा प्रसारण गर्ने भएको छ । नेपालमा लाइभ प्रशारणको अधिकार मिडिया हबले पाएको छ ।
मिडिया हबमार्फत डिशहोमले विश्वकप फुटबलको लाइभ गर्न लागेको हो ।
डिशहोमका प्रबन्ध निर्देशकका सुदिप आचार्य अनुसार डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके रेजोलुसनमा हेर्न सकिनेछ ।
ग्राहकको ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकप लाइभ हेर्न सक्नेछन् ।
शुल्क नतिरे पनि विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने सित्तैमा हेर्न सकिनेछ ।